एमसीसीमा असन्तुष्ट नारायणकाजी फकाउन प्रचण्ड हात्तीवनमा – Nepal Press

एमसीसीमा असन्तुष्ट नारायणकाजी फकाउन प्रचण्ड हात्तीवनमा

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनलाई लिएर असन्तुष्ट बनेका नेता नारायाणकाजी श्रेष्ठलाई फकाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हात्तीवन पुगेका छन् ।

प्रचण्डनिकट स्रोतका अनुसार श्रेष्ठ निवास ललितपुरको हात्तीवन पुगेर प्रचण्डले अहिले कुराकानी गरिरहेका छन् । एमसीसी संशोधनबिना अगाडि बढाउन सहमति दिएको भन्दै श्रेष्ठ असन्तुष्ट छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टीभित्र राख्नुपर्ने मतभेद बाहिर राखेको भन्दै प्रचण्डले श्रेष्ठप्रति असन्तुष्टि जनाएका थिए । उनले श्रेष्ठलाई पार्टी छाडेर जानसक्ने चेतावनीसमेत दिएका थिए ।

माओवादीमा असन्तुष्ट नेताहरूले श्रेष्ठलाई छुट्टै पार्टी निर्माणका लागि दबाब दिइरहेका छन् ।


प्रतिक्रिया

3 thoughts on “एमसीसीमा असन्तुष्ट नारायणकाजी फकाउन प्रचण्ड हात्तीवनमा

  1. नारायणकाजिले कतिन्जेल प्रचण्डकाे कुकृत्यकाे भारी बाेकीरहने ? छुट्टै पार्टी खाेल हामी साथ दिन्छैं किनकी तिमीमा राष्ट्रियता छ । प्रचण्ड त देशै बेच्न पनि तयार हुन्छन् ।

  2. एमसिसिकाे विराेधी राष्ट्रले अब माओवादी र समाजवादीलाई फुटाउदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर