फिफा र यूईएफएले रुसी राष्ट्रियटोली र क्लबमाथि लगाए प्रतिबन्ध – Nepal Press

फिफा र यूईएफएले रुसी राष्ट्रियटोली र क्लबमाथि लगाए प्रतिबन्ध

लन्डन । विश्व फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल महासंघ (यूईएफए)ले रुसको राष्ट्रिय टोली र क्लबहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताबाट प्रतिबन्ध लगाएका छन् ।

रुसले छिमेकी युक्रेनमाथि गरिरहेको आक्रमणका कारण उक्त निर्णय लिइएकोक्ष फिफा र यूईएफएले जनाएका छन् । यो निर्णयसँगै रुसले विश्वकप फुटबलको प्ले अफ छनोट र युरोकप खेल्न पाउने छैन् ।

अर्को निर्णय नहुँदासम्म प्रतिबन्ध कायम रहने फिफा र यूईएफएले उल्लेख गरेका छन् । युरोपा लिगबाट स्पार्टाक मस्को बाहिरिएको छ। जर्मन क्लब आरबी लेइपजिग स्वत क्वाटरफाइनल पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर