भारतले बढाएर पठाएको भन्दै निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य बढाउने संकेत – Nepal Press

भारतले बढाएर पठाएको भन्दै निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य बढाउने संकेत

काठमाडौं । भारतबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले विवरण सार्वजनिक गरेको छ । नयाँ मूल्यअनुसार आगामी १५ दिनमा करीब ३ अर्ब ९ करोड घाटा हुने निगमले जनाएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकोले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको हो ।

विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९५ देखि १०५ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य सूची पठाएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

आईओसीको मूल्य सूचीअनुसार प्रति लिटर पेट्रोल ३.८९, डिजेल ३.०८, मट्टितले १०.३० र हवाई इन्धनमा ३.३२ ले बढेर आएको छ ।

समायोजन हुदाँ पनि प्रतिमहिना करिब ६ अर्बभन्दा बढी नोक्सानी हुने अनुमान छ । निगमले चालु आर्थिक वर्षको २०७८/७९ को अहिलेसम्म निगमले करिब २८ अर्ब नोक्सानी व्यहोरिसकेको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *