रिद्धि सिद्धि सिमेन्टको नयाँ बर्ष लक्षित उपहार योजना सार्वजनिक – Nepal Press

रिद्धि सिद्धि सिमेन्टको नयाँ बर्ष लक्षित उपहार योजना सार्वजनिक

काठमाडौं । रिद्धि सिद्धि कम्पनीले नयाँ वर्ष २०७९ लाई दृष्टिगत गर्दै हात खालि नजाने आकर्षक उपहार सार्वजनिक गरेको छ

उपहार योजना २०७८ फागुन १ गतेदेखि २०७९ वैशाख ३१ सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।

उपहार योजना अन्तर्गत खरिद तथा उपयोग हुने सिमेन्ट बोरा संख्याका आधारमा विभिन्न आकर्षक उपहार हात पार्न सक्नेछन् ।

साथै योजनाको अन्त्यमा गोलाप्रथा मार्फत ५ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रुपमा काठमाडौं–पोखरा भ्रमण प्योकजपनि जित्न सक्ने ब्यवस्था मिलाइएको छ ।

हात खालि नजाने अन्य पुरस्कार बारे जानकारीः

६ हजार बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमाः सीजी ४३ इन्चको स्मार्ट एलईडी टीभी वा सियाओमी ११ लाइट एनई ५जी ८÷१२८ जीबी १ थान पुरस्कारको व्यवस्था गरिएको छ ।

त्यस्तै, ५ हजार बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमाः सीजी ३२ इन्चको स्मार्ट एण्ड्रोइड सीजी ३२ बी वा सियाओमी रेडमी नोट १० प्रो १ थान उपहारको व्यवस्था गरेको छ ।

२ हजार ५ हजार बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमाः सियाओमी रेडमी ९सी ३२÷६४जीबी वा बाल्ट्र बीओटी ११२ ५० लिटर फोस्टर ओभन १ थान, १ हजार

५ सय बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमाः बाल्ट्रा इन्फ्रारेड इन्डक्शन कुकर वा यासुदा वाईएस–२८एससी २.८ लिटर राइस कुकर १ थान,

८ सय बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमाः रेनकोट १ थान र ४ सय बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमाः हट पट लञ्च बक्स १ थानको पुरस्कारको व्यवस्था कम्पनीले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर