माधव नेपालको टिप्पणी- एमसीसी अघि बढाउन तमासा गर्ने ओली अहिले मुकदर्शक भएर बसे (भिडिओ) – Nepal Press

माधव नेपालको टिप्पणी- एमसीसी अघि बढाउन तमासा गर्ने ओली अहिले मुकदर्शक भएर बसे (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीलाई लिएर एमाले मुकदर्शक भएर बसेको अरोप लगाएका छन् ।

मंगलबार एमसीसीबारे प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा नेपालले भने, ‘अन्तमा न समर्थन, न विरोध । एउटा प्रहसन, तमासा जस्तो सुनियो । एमसीसी अगाडि बढाउन जसले सबै तमासा गर्‍यो, ऊ मुकदर्शक भएर बस्यो ।’

नेपालले आफ्नो पार्टी देखेर ओली विचलित भएको अरोपसमेत लगाए । ‘उनी विचलित हुनुको कारण हाम्रो पार्टी र हाम्रो पार्टीको अस्तित्व देखेर हो,’ उनले भने ।

आफ्नो पार्टी संवैधानिकरूपमा बनेको नेपालको भनाइ छ । ‘हाम्रो पार्टी वैधानिकरुपमा स्थापित भएको हो,’ उनले भने, ‘सर्वोच्च अदालतले ७६ को (६) मा कुनै ह्वीप लाग्दैन भन्ने सर्वोच्चले फैसला गरेको छ । त्यसमा कुनै कारबाही गर्न मिल्दैन्थ्यो ।’

आफ्नो पार्टीबारे अदालतमा समेत विषय गएको भन्दै संसदमा त्यसलाई उठान नपाउने दावी गरे । ‘अदालतमा गएको कुरामा संसदमा कुरा उठाउन पाइन्छ ?,’ उनको भनाइ छ, ‘संविधान, ऐनको उल्लघंन गर्ने काम केपी ओली एण्ड कम्पनीबाट हुँदै आएको छ ।’


प्रतिक्रिया

One thought on “माधव नेपालको टिप्पणी- एमसीसी अघि बढाउन तमासा गर्ने ओली अहिले मुकदर्शक भएर बसे (भिडिओ)

  1. याे दलाल माधव आफ्नाे कुरा रभन्ने भन्दा पनि ओलिलाइ यसाेउसाे भन्छ । देउवाजस्ताे नालायक , असक्षम प्,माणित भएकनकाे खुट्टा मलेर खानु परेकाे छ । भाषा त्यस्तै नाेकरकाे जस्ताे बाेल्नु नि । प्रचण्डकाे पुच्छर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर