कीएभनजिकै पुग्न लाग्यो आधुनिक हतियारसहित रुसी सेनाको लस्कर – Nepal Press

कीएभनजिकै पुग्न लाग्यो आधुनिक हतियारसहित रुसी सेनाको लस्कर

कीएभ । युक्रेनमा रूस आक्रमणको छैटौं दिन आधुनिक हतियारसहित रुसी सेना राजधानी कीएभनजिकै पुगेको छ ।

सार्वजनिक भएका केही तस्बिरहरुमा रुसी सेना बख्तरबन्द गाडीसहित त्यसतर्फ गइरहेको देखिन्छ । आधुनिक हतियार, बख्तरबन्द गाडीसहित रुसी सेनाको ६० किलाेमिटर भन्दा लामो लाइन रहेको छ ।

भूउपग्रहसम्बन्धी कम्पनी म्याक्सआर टेक्नोलोजिले सार्वजनिक गरेका तस्बिरहरुमा रुसी सेना बख्तरबन्द गाडी र आधुनिक हातहतियारसहित किएभतर्फ गइरहेको लस्कर देख्न सकिन्छ ।

रुसी सेना राजधानीबाट लगभग २७ किलोमिटर टाढा एन्टोनोभ एयरपोर्ट नजिकै पुगेका छन् ।

स्याटेलाइट तस्बिरमा इरपिन र स्टोयङ्का नजिकै क्षतिग्रस्त पुल समेत देखिएको छ साथै तस्बिरहरूमा दक्षिण बेलारुसमा सैनिक र युद्धका हेलिकप्टरहरू देखिएका छन् । यो क्षेत्र युक्रेनी सीमाबाट ३० किलोमिटर मात्र टाढा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर