न्याय परिषदद्वारा स्थानीय निर्वाचनका लागि ४५९ जना अधिृकतको नाम सिफारिस – Nepal Press

न्याय परिषदद्वारा स्थानीय निर्वाचनका लागि ४५९ जना अधिृकतको नाम सिफारिस

काठमाडौं । न्याय परिषद्ले मुख्य निर्वाचन अधिकृत र अधिकृत गरेर चार सय ५९ जनालाई स्थानीय तहको निर्वाचनमा खटाउन सिफारिस गरेको छ ।

न्याय परिषद्को सोमबार बसेको बैठकले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका लागि ७७ जना जिल्ला न्यायाधीश खटाउन सिफारिस गरेको हो ।

यदि कुनै जिल्लामा न्यायाधीश विरामी परेको अवस्थामा वा विशेष कारण मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा अन्य न्यायाधीशलाई खटाउनका लागि १५ जनाको नाम जगेडामा राखिएको छ ।

न्याय परिषद्का सहसचिव मान बहादुर कार्कीका अनुसार एक न्यायाधीश मात्रै रहने जिल्लामा ती जिल्लाका न्यायाधीश स्वतः मुख्य निर्वाचन अधिकृत बन्नेछन् ।

त्यसैगरी निर्वाचन अधिकृतका लागि परिषद्ले न्याय, कानुन र सरकारी वकिल समूहबाट तीन सय ६७ जनाको नाम सिफारिस गरी निर्वाचन आयोगलाई पठाइएको छ । यसैको आधारमा निर्वाचन आयोगले सम्बन्धित जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र उपसचिवलाई आवश्यकता अनुसार निर्वाचन अधिकृतका रूपमा स्थानीय तहमा खटाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *