मुक्तिनाथ विकास बैंकद्वारा मनोरम नगर समाजलाई १ लाख सहयोग – Nepal Press

मुक्तिनाथ विकास बैंकद्वारा मनोरम नगर समाजलाई १ लाख सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकद्वारा मनोरम नगर समाजलाई सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख सहयोगको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

सोही योजना अनुसार बैंकले भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा. वडा नं.१, लोकन्थली स्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माण सम्बन्धी कार्य गर्न मनोरम नगर समाजलाई लागि सहयोग गरेको छ ।

बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रम बीच सहयोगका लागि चेक हस्तानतरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिंङ प्रमुख बसन्त बक्शी, काठमाडौं उप-क्षेत्रीय प्रमख ज्योति प्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्दक सुरज गौतम र अन्य कर्मचारीहरुको उपस्थिति तथा मनोरम नगर समाजको तर्फबाट अध्यक्ष विश्व वन्धु गौतम तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट पार्क निमार्णको कार्य सम्पन्न, वृक्षारोपण तथा सम्भार गर्न मद्दत पुग्ने र पार्कका आउने व्यक्तिहरुलाई एक सम्पन्न पार्कमा आई आराम गर्न वातवारण मिल्ने धारणा बैंकले लिएको छ ।

मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर