समीक्षाको समर्थनमा खुलिन् रेखा थापा, समाजले बालिकाको संरक्षण गर्नुपर्ने तर्क – Nepal Press

समीक्षाको समर्थनमा खुलिन् रेखा थापा, समाजले बालिकाको संरक्षण गर्नुपर्ने तर्क

काठमाडौं । पल शाह प्रकरणमा चलचित्र क्षेत्रका अधिकांश कलाकर्मीहरूले मौनता साँधिरहेका बेला नायिका रेखा थापाले मुख खोलेकी छिन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले समीक्षा अधिकारीको पक्षमा आफूलाई खुलाएकी हुन् ।

२० वर्षमुनिका छोरीहरू बालिका हुने भएकाले उनीहरुले सबैप्रकारका सुरक्षा र अभिभावकत्व पाउनुपर्ने रेखाको तर्क छ ।

उनले लेखेकी छन्, ‘समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो । कोसँग लभ छ ? कतिपटक यौनसम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानूनलाई मतलब हुनु हुँदैन ।’

उनी थप्छिन्, ‘समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनकरूपमा नेपालमा व्याप्त छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर