बेलारुसमा रुस र युक्रेनका अधिकारीबीच शान्तिवार्ता सुरु – Nepal Press

बेलारुसमा रुस र युक्रेनका अधिकारीबीच शान्तिवार्ता सुरु

काठमाडौं । आक्रमणको पाँचौ दिन रुस र युक्रेनबीच शान्तिवार्ता सुरु भएको छ ।

दुबै देशका प्रतिनिधिहरुले युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न बेलारुसमा भेला भएका छन् ।

वार्तामा युक्रेनलाई रुसी सेना फिर्ता गरी युद्धविरामको प्रस्ताव गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसले चाहिँ दुवै पक्षलाई लाभ हुने सहमति गर्न खोजेको रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले बताएको बीबीसीले उल्लेख गरेको छ ।

शान्तिवार्ता सुरु हुनुअघि युक्रेनका राष्ट्रपतिले रुसी सैनिकहरूलाई हतियार बिसाउन आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर