नेपाल-भारतबीच जीटूजीमार्फत् रासायनिक मल खरिद गर्ने सम्झौता
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2022/02/1646049944_Mal_Kharid_Samjhauta_with_India.jpg.jpg)
काठमाडौं । नेपाल र भारतबीच रासायनिक मल (युरिया र डीएपी) मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल युरिया र डीएपी मल आपूर्तिका लागि दुवै देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
पाँच वर्षका लागि जी-टू-जी (सरकार-सरकार) प्रक्रियामा मल खरिद गर्ने गरी दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नेपालका तर्फबाट कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव गोविन्द्रप्रसाद शर्मा र भारतका तर्फबाट रसायन एवं मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले हस्ताक्षर गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितमा आयोजित भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर एवं समझदारी पत्रको आदानप्रदान भएको हो ।
सम्झौता पाँच वर्षका लागि हुने छ । सम्झौता अनुसार चालु आर्थिक वर्ष २०७८/७९ मा १ लाख ५० हजार टन मल ल्याइनेछ ।