एपीएफले जित्यो ललितपुर मेयर कप महिला क्रिकेटको उपाधि – Nepal Press

एपीएफले जित्यो ललितपुर मेयर कप महिला क्रिकेटको उपाधि

काठमाडौं । शसस्त्र प्रहरी बल-एपीएफ क्लबले ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

एपीएफले सोमबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेश ८ विकेटले पराजित गर्‍यो।

पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय १३ रन बनाएको थियो। उसका लागि डली भट्टले ३६, विन्दु रावलले ३७, कविता कुँवरले २४ रन बनाए ।

पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेको सुदूरपश्चिमले तेस्रो विकेटका लागि पनि ५२ रनको साझेदारी गरेको थियो। एपीएफले १५.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्यो । ज्योती पाण्डेले सर्वाधिक ४३ रन जोडिन्।

इन्दु बर्माले अविजित २९ र कप्तान सिता रानामगरले १९ रन बनाइन् । पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेको सुदूरपश्चिमले दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर