एमालेले भोजपुरका सबै पालिका र वार्डसम्म जनसंगठन विस्तार गर्ने – Nepal Press

एमालेले भोजपुरका सबै पालिका र वार्डसम्म जनसंगठन विस्तार गर्ने

भोजपुर । नेकपा एमालेले एक महिनाभित्र जिल्लाभर जनसंगठन विस्तार गर्ने भएको छ ।

आज सदरमुकाममा जनसंगठनहरूको भेला तथा बैठकले गाउँपालिका र नगरपालिकामा भेला गरी फागुन ३० गते साथै वडा र टोलमा चैत १५ भित्र समिति गठन गर्ने कार्ययोजना बनाएको छ ।

जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा पदाधिकारी साथै एमाले केन्द्रीय सदस्य एवं भोजपुर इन्चार्ज हरिबहादुर राई प्रमुख अतिथि थिए ।

एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले फागुनको पहिलो साताको जिल्ला कमिटी बैठकले निर्णय गरेअनुसार एक महिने पार्टी निर्माण तथा सुदृढिकरण अभियानमा गाउँगाउँ सक्रिय भएर लाग्न निर्देशन दिए ।

आजको भेलाले विमल रणपहेलीको अध्यक्षतामा १७१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल र सुशिल कार्कीको अध्यक्षतामा ५५ सदस्यीय अनेरास्ववियु जिल्ला कमिटी बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर