एमसीसी अनुमोदनसँगै अब स्थानीय चुनाव निश्चित भएको छ : प्रचण्ड – Nepal Press

एमसीसी अनुमोदनसँगै अब स्थानीय चुनाव निश्चित भएको छ : प्रचण्ड

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब स्थानीय तहको निर्वाचन निश्चित भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएसँगै स्थानीय तहको निर्वाचन सुनिश्चित भएको उनको भनाइ छ ।

एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले एमसीसी पास हुने कि नहुने भन्ने अन्योलताले स्थानीय तहको निर्वाचन अनिश्चित बनेको उनको भनाइ थियो ।

सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने मिति तोकिसकेको छ ।

सत्तारुढ गठबन्धनमै एमसीसी जस्ताको तस्तै अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले विभाजनको अवस्थासम्म आइपुगेको थियो । तर, अन्तिममा एमसीसीको व्याख्यात्मक घोषणासँगै आइतबारको प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गरेको हो ।

योसँगै अब देश स्थानीय तहको निर्वाचनतर्फ केन्द्रित हुने दलका नेताहरूको भनाइ छ ।


प्रतिक्रिया

One thought on “एमसीसी अनुमोदनसँगै अब स्थानीय चुनाव निश्चित भएको छ : प्रचण्ड

  1. एमसिसि र चुनावकाेबीचमा कुनै सम्बन्ध छ ? यस्ता कुरा गर्नेलाई पनि नेता मान्नुपर्ने ? सिधै भने भैहाल्याे नि कि अमेरिकाले पैसा दियाे अनि पक्षमा भाेट हालें ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर