कोरोनाका नयाँ संक्रमित १८० मा झरे – Nepal Press

कोरोनाका नयाँ संक्रमित १८० मा झरे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा एक सय ८० जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट एक जनाको ज्यान गएको छ ।

यस्तै, ४०० जना कोभिडमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार एक सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने आठ हजार दुई सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर