कर्णाली सभामा एमालेको अवरोध, सात बुँदे सहमतिप्रति सरकारको लिखित धारणा माग – Nepal Press

कर्णाली सभामा एमालेको अवरोध, सात बुँदे सहमतिप्रति सरकारको लिखित धारणा माग

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशसभाको आजको बैठक अवरोध गरेको छ । गत माघ १८ गतेको सात बुँदे सहमतिप्रति सरकारको लिखित धारणा माग गर्दै सदन अवरुद्ध गरेको हो ।

‘हिजोको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको ध्यानाकर्षण गराएको थियौं । विगतका वैठकमा पनि यी विषयमा सरकारको ध्यानाकर्षण गराएका थियौं ’, एमाले संसदीय दलका नेता यामलाल कंडेलले भने, ‘सरकारले उक्त सहमति कार्यान्वयनका बारेमा संसद सचिवालयमा केही पनि जानकारी गराएको देखिएन । व्यवहारमा हेर्दा धेरै थरिका कुरा सुनिएका छन्, हामीले १८ गते गरेको सम्झौताअनुसार भएको निर्णय अनुसार स्मरण गराउनुपर्ने आवश्यकता ठानेको छु ।’

उनले आफूखुसी रकम थपेर योजना बनाउने कुराप्रति विरोध जनाए । ‘१८ गते जुन मनसाय, जुन स्प्रिटका आधारमा, सरकार र सदनबीच सकारात्मक धारणा बनाइ सहमति भएको थियो, त्यही आधारमा सात नम्बरमा लेखिएको माग पूरा भएको देखिएन ’, कंडेलले भने, ‘जिल्लामा चासो राख्दा सांसदहरूले तीतो अनुभव भोग्नु परेको छ ।’

सहमतिको सात नम्बर बुँदामा ‘प्रदेश सभामा व्यक्त प्रतिबद्धताको कार्यान्वयनको आवश्यक निर्णय र कार्ययोजना प्रदेश सभालाई जानकारी गराउने ।’ उल्लेख छ ।

सो अनुसार सरकारले काम गर्न नसकेको भन्दै सरकारको एमालेले जवाफ माग गरेको बताएका हुन ।

सरकारले के गरेको छ त्यसको जानकारी, कार्ययोजना सदनमा उपलब्ध नहुँदासम्म विश्वास गर्न सक्ने अवस्था नरहेको एमालेले जनाएको छ । सहमति भएका प्रतिबद्धताको लिखित जवाफ नआएसम्म अवरोध जारी राख्ने एमालेले जनाएको छ ।

एमालेको अवरोधका कारण सभामुख राजबहादुर शाहीले आजको बैठक आधा घण्टालाई स्थगित गरेका छन् ।

हेर्नुस् एमालेसँगको ७ बुँदे सहमति :

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर