एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई आगन्तुक रिसोर्टमा छुट – Nepal Press

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई आगन्तुक रिसोर्टमा छुट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरुले आगन्तुक रिसोर्टमा छुट सुविधा पाउने भएका छन् ।

बैंकका कार्डधारकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेय पदार्थमा १४ प्रतिशत छुट पाउने भएका हुन् ।

सम्झौता सम्बन्धि एमओयूमा बैंकका सीईओ सुदेश खालिङ र रिसोर्टका बोर्ड कोअर्डिनेटर कृष्णा प्रसाद ज्ञवाली हस्ताक्षर र आदानप्रदान गरेका थिए ।

एभरेष्ट बैंकले आफ्ना ११३ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४६ एटिएम तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर