प्रचण्डले पत्रकार सम्मेलन गर्दै, एमसीसी अनुमोदनका विषयमा प्रष्ट्याउने – Nepal Press

प्रचण्डले पत्रकार सम्मेलन गर्दै, एमसीसी अनुमोदनका विषयमा प्रष्ट्याउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रचण्डका निजी सचिवालयका अनुसार खुमलटारस्थित निवासमा दिउँसो तीन बजे उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

संशोधनबिना एसमीसी पारित गर्न नहुने बताइरहेका प्रचण्ड व्याख्यात्मक टिप्पणीसहित अनुमोदनमा तयार भएपछि माओवादीभित्र असन्तुष्टि बढिरहेको छ ।

एमसीसी पारित गर्ने पक्षमा आफू किन पुगेँ भन्ने पत्रकार सम्मेलनमार्फत प्रष्ट्याउने प्रचण्डको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर