कर्णालीमा विद्यालय र यातायात बन्द – Nepal Press

कर्णालीमा विद्यालय र यातायात बन्द

सुर्खेत । एमसीसी अनुमोदनको विरोधमा विप्लव नेतृत्वको नेकपासहितका दलले गरेको नेपाल बन्दको कर्णाली प्रदेशमा प्रभाव परेको छ ।

बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने विद्यालय र बजार पनि खुलेका छैनन् । बन्दकर्ताहरू बिहानैदेखि वीरेन्द्रनगरका सडकमा उत्रिएका छन् ।

शिक्षण संस्था पन बन्द छन् । कतिपय विद्यालयले आज पठनपाठन हुन नसक्ने भन्दै अभिभावकलाई सूचना पठाएका छन् ।

मुख्य चोकमा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । चलिरहेका सवारीसाधनमा सम्भावित क्षति रोक्न सुरक्षाकर्मीले गाडी फर्काएका छन् ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलले नेपाल बन्द आह्वान गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर