अनुमतीबिना मोफसलका प्रतियोगिता खेल्न नजान खेलाडीलाई ८ ए डिभिजन क्लबको आग्रह – Nepal Press

अनुमतीबिना मोफसलका प्रतियोगिता खेल्न नजान खेलाडीलाई ८ ए डिभिजन क्लबको आग्रह

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगका विभिन्न ८ क्लबले क्लबको अनुमतीबिना मोफसलका प्रतियोगिताहरु खेल्न नजान आग्रह गरेका छन् ।

मोफसलका विभिन्न प्रतियोगितामा खेलाडीहरुले क्लबको अनुमतीबेगर अन्य क्लबहरुबाट खेल्ने गरेको भन्दै त्यसलाई रोक्नका लागि आह्वान गरेका हुन् ।

ती क्लबले आफ्ना खेलाडीलाई आबद्ध नगर्न पनि आग्रह गरेका छन् । आफुहरु पनि मोफसलका प्रतियोगिताका लागि तयारी गरिरहेको भन्दै ती प्रतियोगितामा सहभागिता सुनिश्चित गर्न पनि उनिहरुको आग्रह छ ।

संयुक्त विज्ञप्ती निकाल्ने क्लबहरुमा थ्रीस्टार क्लब, मच्छिन्द्र क्लब, न्युरोड टिम(एनआरटी क्लब, सातदोबाटो युथ क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब छन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा आबद्ध रहेको हिमालयन शेर्पासहित तीन वटा विभागीय क्लबहरु भने संयुक्त विज्ञप्तीमा सहभागी छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर