एमसीसीले स्वाधीनता संकटमा परे मेरो नागरिकता खोसियोस्: गगन थापा (भिडिओ) – Nepal Press

एमसीसीले स्वाधीनता संकटमा परे मेरो नागरिकता खोसियोस्: गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी सम्झौताका कारण नेपालको स्वाधीनता तलमाथि भए आफूलाई सर्वस्वसहित नागरिकता खोस्न माग गरेका छन् ।

प्रतिनिधिसभामा बोल्दै महामन्त्री थापाले एमसीसीका कारण स्वाधीनतामा आँच आउने भ्रम छरिएको भन्दै एमसीसी पास गर्ने संसदको सदस्यका रुपमा नेपालको स्वाभिमान संकटमा परे जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताएका हुन् । सुकै कारवाही भोग्न तयार रहेको बताएका हुन् । ‘अबको ५ वर्षमा यदि यो सम्झौताका कारण नेपालको स्वाधीनता संकटमा परेछ भने म सरी भन्दिन । त्यतिबेला मलाई थानकोट कटाइयोस, नागरिकता खोसियोस्, चारपाटा मुडेर मेरो सर्वस्वहरण गरियोस्’, थापाले भने ।

एमाले नेता डा.भीम रावलले एमसीसी पारित गर्ने सांसदहरु राष्ट्रघाती हुने बताएकोप्रति आपत्ति जनाउँदै थापाले आफू नक्कली राष्ट्रवादी नभएर सक्कली देशभक्त भएको बताए । ‘भीम रावलजी सडकमा बहस गर्ने की संसदमा ? अछाममा गर्ने की काठमाडौमा ? नक्कली राष्ट्रवादीले जनतालाई मर्न लगाउँछ, सक्कली देशभक्त देशका लागि आफै मर्न तयार हुन्छ । म सक्कली देशभक्त हुँ, देशका लागि मर्न तयार छु’, थापाले भने ।

उनले एमसीसीका सन्दर्भमा आएको व्याख्यात्मक घोषणाले सार्वजनिक रुपमा उठेका संशयलाई सम्बोधन गरेको भन्दै नेपालको हित विपरीत भएमा सन्धि खारेज गर्ने हिम्मत राख्नुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “एमसीसीले स्वाधीनता संकटमा परे मेरो नागरिकता खोसियोस्: गगन थापा (भिडिओ)

  1. गगनकाे नागरिकता रहनु नरहनुले देश अर्काकाे हातमा गएपछि के अर्थ राख्छ र,लेण्डुपकाे नागरिकताले सिक्किम फिर्ने हाे र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर