कस्तो सहयोग लिने, कस्तो नलिनेबारे घोषणा पत्र तयार गर्नुपर्छ : कार्की (भिडिओ) – Nepal Press

कस्तो सहयोग लिने, कस्तो नलिनेबारे घोषणा पत्र तयार गर्नुपर्छ : कार्की (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद राम कार्कीले कस्तो विदेशी सहयोग लिने, कस्तो नलिने भन्नेबारे घोषणा पत्र तयार गर्नुपर्ने बताएका छन् ।

आइतबार एमसीसीमाथिको दफावार छलफलमा भाग लिँदै कार्कीले व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताए ।

‘भविष्यमा यस्ता धेरै प्रस्ताव आउँछन्,’ कार्कीले भने, ‘हामीले राष्ट्रियरुपमा विकास नीति तयार गर्नुपर्छ । दीर्घकालीन विकास रणनीतिको घोषणा पत्र जारी गर्नुपर्छ । नेपालले आफ्ना प्राथमिकता तय गरेर विकास रणनीति तयार गर्नुपर्छ ।’

कार्कीले नेपाल शान्ति क्षेत्र प्रस्तावलाई फेरि ब्युताउनुपर्नेमा जोड दिए  । यसअघि पनि यो प्रस्ताव अघि सारेका कार्कीले भने- ‘परिमार्जित शान्ति क्षेत्रको प्रस्ताव फेरि इन्डोर्स गर्नुपर्छ । यो क्षेत्र शान्ति क्षेत्रका रुपमा रहनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर