हराएका तीन वर्षीय बालक जनकपुरधाममै भेटिए – Nepal Press

हराएका तीन वर्षीय बालक जनकपुरधाममै भेटिए

जनकपुरधाम । जनकपुरधामबाट हराएका धनुषाको कमला नगरपालिका ८ का ३ वर्षीय बालक जनकपुरधाममै फेला परेका छन् ।

कमला नगरपालिका ८ का लालु मरिकका छोरा आर्यन यादव जनकपुरधाम उपमहानगरपालिका २ स्थित घर अगाडि खेल्न गएका बेला हराएका थिए ।

प्रहरीका अनुसार फुफाजूको घर अगाडि खेल्न गएको अवस्थामा उनी हराएका थिए ।

बिहान करिब १० बजे हराए लगत्तै बालकका आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा बालक आर्यनलाई जनकपुरधाम १ शहिद चौकबाट सकुशल फेला पारेको जनाएको छ ।

बालक फेला परेपछि उनका फुफाजू शिव कुमार यादवको जिम्मा लगाई पठाईएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर