के फिल्म चलाउन इमोसनल ब्ल्याकमेलिङ गर्दैछिन् पुजा ? – Nepal Press

के फिल्म चलाउन इमोसनल ब्ल्याकमेलिङ गर्दैछिन् पुजा ?

काठमाडौं । नायक पल शाहमाथि जबरजस्ति करणीको आरोपमा जाहेरी परेसँगै यसले नेपालको कला क्षेत्रमा ठूलै हलचल पैदा गरेको छ ।

कलाकर्मीहरु कोही पीडितप्रति सहाभूति दर्शारहेका छन् त कोही पलको बचाउ गरिरहेका छन् । अधिकांश कलाकारहरु भने खुलेका छैनन् ।

पलको पक्षमा खुलेर आएका कलाकारहरुको कुरा गर्दा सबैभन्दा पहिलो नम्बरमा छन् पुजा शर्मा । उनले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु २’ मा पलको मुख्य भूमिका छ । यो चलचित्र गत शुक्रबार हलहरुमा रिलिज भएको थियो । चलचित्रले राम्रो व्यापार गरिरहेको छ । तर, पुजामाथि दर्शकलाई इमोसनल ब्ल्याकमेलिङ गरिरहेको आरोप पनि लागेको छ ।

चलचित्र रिलिज हुनुअघि पुजा निकै ठूलो त्राशमा थिइन् । चलचित्रको प्रिमियर कार्यक्रममा उनको त्राश र पिडा एकसाथ छचल्किएको थियो । पलको बदनामीका कारण दर्शक हलसम्म नआउने त्राश र आफ्नो सहकलाकार जेल जान लागेको पिडामा परेकी पुजा प्रिमियरमा धरधरी रोएकी थिइन् ।

चलचित्रको रिलिजको दिन र भोलिपल्ट पुजा विभिन्न हलमा पुगिन् । त्यसक्रममा केही युवतीहरु पलको नाम लिँदै उनीसामू ‘ड्वाँ… ड्वाँ…’ रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । दर्शकलाई इमोसनल ब्ल्याकमेलिङ गर्न यस्तो नौटङ्की रचिएको आरोप पनि कतिपयले लगाएका छन् ।

बलात्कारको संगीन आरोप लागेका पलको तस्बिर अंकित टिसर्ट लगाएर पुजा हलमा पुगेकी थिइन् ।

सञ्चारकर्मीसँग प्रक्रिया दिने क्रममा पनि उनले पलको बचाउमा धेरै शब्द खर्चिइन् । उनले पलबिना आफू अधुरो रहने भन्दै उनका फ्यानहरु रिझाउने प्रयास गरिन् ।

आज उनले सामाजिक सञ्जालमार्फत पलप्रति झुकाव दर्शाएकी छन् । बिहान फेसबुकमा पलले हालेको स्टाटस सेयर गर्दै पुजाले भनेकी छन्– सम्मान छ हाम्रो रियल हिरोलाई । सत्यको अवश्य जित हुनेछ । हामी तिमीलाई माया गर्छौं ।’

अहिले सामाजिक सञ्जालमा पलप्रति यथेष्ट सहानुभूति देखिएको छ । उनले अभिनय गरेको चलचित्र पनि ठीक यही बेला रिलिज भएकाले यो फिल्मको सेल्फ पब्लिसिटी भइरहेको छ ।

पुजाले पलप्रति देखाएको समर्थन उनको व्यक्तिगत आत्मियताका कारण मात्र हो वा आफ्नो फिल्ममा दर्शक तान्न अतिरिक्त भावुकता देखाएकी हुन्उ ? उत्तर उनैलाई थाहा होला ।


प्रतिक्रिया

One thought on “के फिल्म चलाउन इमोसनल ब्ल्याकमेलिङ गर्दैछिन् पुजा ?

  1. यो मिडिया कर्मी हरु ले गरि खाना नदिने भय चलचित्र कर्मी हरु लाई.आफ्नो trp बढाउन अरु को कर्म क्षेत्र मा लात नहानुस please 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर