एमसीसीबारे प्रष्ट पारौं, आर्थिक सहायताका रुपमा ग्रहण गरौं : शक्ति बस्नेत (भिडिओ) – Nepal Press

एमसीसीबारे प्रष्ट पारौं, आर्थिक सहायताका रुपमा ग्रहण गरौं : शक्ति बस्नेत (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले एमसीसी सम्झौताले मात्रै जनतालाई आश्वस्त नबनाउने भन्दै सरकारले थप प्रस्ट पार्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा भाग लिँदै बस्नेतले एमसीसीलाई आर्थिक सहायताका रुपमा मात्रै ग्रहण गर्ने र राजनीतिक वा सैन्य दायित्व ग्रहण नहुने विषय सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

‘सम्झौतामात्रै पारित गर्दा जनताले व्यक्त गरेको आशंका निवारण हुने देखिदैन । यस सन्दर्भमा सरकारले सोच्नुपर्छ । त्यसैले यसबारे गठबन्धनमा जे प्रयत्न भएको छ त्यसले मद्दत गर्ने मेरो विश्वास छ’, बस्नेतले भने ।

उनले नेपालले विकास सहायता स्वीकार गरेपनि असंलग्न परराष्ट्र नीति त्याग्न नसक्ने बताए । एमसीसीबारे दलहरुले अडानका लागि अडान लिनुभन्दा तर्कपूर्ण ढंगले जनतालाई बुझाउनुपर्ने बताए । ‘मेरो गोरुको बार्है टक्का भनेर मात्रै हुँदै । हामीले तर्कपूर्ण ढंगले जनतालाई आश्वस्त पार्नुपर्छ’, उनले भने ।

बस्नेतले एमसीसीका अनेक प्रभाव देखिनसक्ने भन्दै अन्तर्राष्ट्रिय राजनीतिको बाछिटाबाट नेपाललाई असंलग्न राख्ने प्रतिवद्धा दलहरुले गर्नुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “एमसीसीबारे प्रष्ट पारौं, आर्थिक सहायताका रुपमा ग्रहण गरौं : शक्ति बस्नेत (भिडिओ)

  1. दलालकाे पुच्छरकाे पनि राजनीति सकियाे अब ।बन मन्त्री भएकाे बेला यसले गरेकाे भ्रष्टाचार छानविन गराैं कसरी कमायाे थाहा भईहतल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर