भोजपुरमा एमालेले बनायो रिटर्नी फेडेरेसन – Nepal Press

भोजपुरमा एमालेले बनायो रिटर्नी फेडेरेसन

भोजपुर । नेकपा एमालेको कान्छो भ्रातृ संगठन रिटर्नी फेडेरेसन (वैदेशिक रोजगारीबाट फर्किएकाहरूको संगठन) को भोजपुर कार्यसमिति गठन गरिएको छ ।

आज जिल्ला भेला आयोजना गरेर सुमन प्रधानको अध्यक्षतामा २१ सदस्यीय समिति बनाइएको हो । समितिको उपाध्यक्षमा अनिल कटुवाल, धर्मराज राई, सचिवमा राजेन्द्र मगर र लक्ष्मण तामाङ सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं भोजपुर इन्चार्ज हरिबहादुर राई, रिटर्नि फेडरेसनका केन्द्रीय सचिव भरत शिवाकोटीलगायको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले सबै स्थानीय तह र वार्डसम्म संगठन विस्तार गर्न निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर