सुवालको प्रश्न- प्रधानमन्त्रीज्यू, सित्तैमा पाएको विष पिउँदा के हुन्छ ? (भिडिओ) – Nepal Press

सुवालको प्रश्न- प्रधानमन्त्रीज्यू, सित्तैमा पाएको विष पिउँदा के हुन्छ ? (भिडिओ)

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सित्तैमा पाइयो भन्दैमा विष पिउने हो भने मृत्यु निश्चित हुने बताएका छन् ।

प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिदै सांसद सुवालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले सित्तैमा दिएको पैसा लिनुपर्छ भनेकोतर्फ कटाक्ष गर्दै यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्री देउवाले सित्तैमा आको किन नलिने भन्नुभयो । सित्तैमा दिएको विष पिउँदा के होला प्रधानमन्त्रीज्यू ?’, सुवालले भने । एमसीसी सम्झौता राष्ट्रहितविपरीत रहेको भन्दै सुवालले व्याख्यात्मक टिप्पणीको औचित्य नभएको बताए ।

‘एमसीसी नै नेपालको हितमा छैन । यसमा व्याख्यात्मक टिप्पणीको औचित्य छैन । त्यो टिप्पणीलाई अमेरिकाले स्वीकार नगर्ने बताइसकेको छ’, सुवालले भने ।

एमसीसी सम्झौता नेपालको लागि नभइ भारतका लागि अमेरिकाले ल्याएको रणनीति भएको आरोप सुवालले लगाएका छन् । उनले एमसीसीमाथिको छलफलका लागि ५ मिनेटको समय अपुग हुने भन्दै अधिकतम समय उपलब्ध गराउनुपर्ने मागसमेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर