७ अंकले घट्यो सेयर बजार, ३ अर्बको कारोबार – Nepal Press

७ अंकले घट्यो सेयर बजार, ३ अर्बको कारोबार

काठमाडौँ । पछिल्लो समय निरन्तर सेयर बजार घटिरहेको छ । आज पनि बजार ७.७३ अंकले घटेको छ । ०.२९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५३.७० अंकमा आइपुगेको छ ।

३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९ सय रुपैयाँको मात्रै सेयर कारोबार भएको छ । २ सय २४ वटा कम्पनीको ७० लाख ४० हजार ५ सय ६३ कित्ता सेयर खदिदबिक्री भएको छ ।

सबैभन्दा धेरै सेयर कारोबार यूनिभर्सल पावरको भएको छ । सो कम्पनीको २० करोड ४४ लाख २४ हजार रुपैयाँको सेयर कारोबार भएको हो । भने नेशनल हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै वृद्धि भएको छ । सो कम्पनीको सेयर मूल्य ४.५३ अंले वृद्धि भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर