व्याख्यात्मक घोषणालाई समर्थन गर्दै एमसीसी अनुमोदन गर्ने नेकपा एसको निर्णय – Nepal Press

व्याख्यात्मक घोषणालाई समर्थन गर्दै एमसीसी अनुमोदन गर्ने नेकपा एसको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदनको पक्षमा उभिने निर्णय गरेको छ ।

भर्खरै बसेको स्थायी कमिटी बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणालाई सर्मथन गर्दै अनुमोदनका पक्षमा उभिने निर्णय गरेको हो ।

नेकपा एसको स्थायी कमिटी बैठकपछि सचिव रामकुमारी झाँक्रीले गठबन्धनमा बनेको सहमतिअनुसार अगाडि जाने निर्णय भएको जानकारी दिइन् ।

आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर