गल्फ लुब्रिकेन्टको शोरुम नेपालगञ्ज र दाङमा – Nepal Press

गल्फ लुब्रिकेन्टको शोरुम नेपालगञ्ज र दाङमा

काठमाडौं । गल्फ लुब्रिकेन्टको शाेरुम नेपालगञ्ज र दाङमा पनि सुरु भएको छ । शाेरुमकाे आज उद्घाटन गरिएको छ ।

नेपाल ल्युब आयल लिमिटेडले नेपालगञ्जमा आफ्नो आधिकारक बिक्रेता रवि त्रदेर्स र दाङ्गमा आफ्नो आधिकारक बिक्रेता मध्य पश्चिम सप्लायर्सको नयाँ शोरुम उद्घाटन गरेको हो ।

उदघाटन नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष अरुण चौधरीले गरेका हुन् ।

उद्घाटनमा बोल्दै अरुण चौधरी भने, ‘गल्फ ब्रान्ड अन्तर्रास्ट्रिय ब्रान्ड हो जुन उच्च गुणस्तरको लागि प्रख्यात छ । नेपाली बजारमा गल्फ सर्वाधिक बिक्री हुने लुब्रिकेन्ट ब्रान्ड हो ।’

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराइले यो नयाँ उच्चस्तरीय शोरुमबाट सबै गल्फ ब्रान्डको उत्पादकहरु ग्राहक माज पुर्‍याउने बताए । फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड रहेको कम्पनीको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर