स्वास्थ्यमन्त्री र मुख्यसचिवले गरे अंगदान गर्ने घोषणा (भिडिओ) – Nepal Press

स्वास्थ्यमन्त्री र मुख्यसचिवले गरे अंगदान गर्ने घोषणा (भिडिओ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विराेध खतिवडा र नेपाल सरकारा मुख्यसचिव शंकरदास बैरागीले अंग दान गर्ने घोषणा गरेका छन् ।राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंग दान गर्ने घोषणा गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अंग दान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरे । उनले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्नको लागि गाउँ गाउँसम्म स्वास्थ्य केन्द्रहरु पुर्‍याउनु पर्ने भएको थप जनशक्तिको आवश्यक्त परिपूर्ति गर्ने पनि विश्वास व्यक्त गरे ।

मन्त्री खतिवडाले भने ‘मैले अंग दान गर्ने घोषणा गरेँ, त्यसको लागि मालपोत कार्यालयमा कहाँ कहाँ ल्याप्चे लगाउँछन्, सही गराउँछन् त्यस्तै मैले कहाँकहाँ ल्याप्चे सही गर्नुपर्ने हो तयारी गरिदिनुहोला ।’

त्यस्तै नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले आफू अंग दान गर्न इच्छुक रहेको र आगामी दिनमा स्वेच्छिक धारणाहरु सार्वजनिक गर्ने बताए । उनले नेपालले विगत दुई वर्ष यता स्वास्थ्य पूर्वाधार र जनशक्ति विकासको क्षेत्रमा उल्लेख्य फड्को मारेको बताए।

मुख्यसचिव बैरागीले स्वास्थ्य सेवालाई उचाईमा पु¥याउन खुला, पारदर्शी, व्यवस्थित ढंगबाट छलफल गरेर सरकारले धान्न र बोक्न सक्नेसम्मको सेवासुविधा बिस्तार गर्नेदेखि ऐन, कानून मिलाउने कुराहरुमा आफ्नो प्रत्यक्ष भुमिका रहने पनि बताए ।

स्वास्थ्य सेवाको व्यवस्थापन, कर्मचारीको समायोजन लगायतका विषयहरुमा समीक्षा गर्नको लागि प्रधानमन्त्रीको कार्यालय, अर्थ, स्वास्थ्य, कानून मन्त्रालयको प्रतिनिधित्व रहनेगरि काम गर्ने प्रवन्ध मिलाउने प्रतिवद्धतासमेत जनाए । यस वर्ष सरकारले गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिवद्धता भन्ने मुल नारासहति स्वास्थ्य सेवा दिवस मनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर