बुद्धको ज्ञान र सन्देशमार्फत बुद्ध जन्मिएको देश भनी नेपाललाई विश्वभर चिनाउनुपर्छ: मेयर शाक्य – Nepal Press

बुद्धको ज्ञान र सन्देशमार्फत बुद्ध जन्मिएको देश भनी नेपाललाई विश्वभर चिनाउनुपर्छ: मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बुद्ध जन्मिएको देशमा बुद्धको ज्ञान र सन्देशको प्रवर्धन गर्नुपर्छ भन्ने हेतूले काठमाडौं महानगरपालिकाले त्यसका लागि सहयोग गर्दै आएको बताएका छन् ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको नयाँ धम्महल भवनको उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन्।

‘नेपाल बुद्ध जन्मिएको देश भए पनि बुद्धका बारेमा अध्ययन गर्न र बुद्धको ज्ञान लिन देश बाहिर जानुपर्ने बाध्यता अहिले पनि रहेको भन्दै धेरैतिरबाट सुझाव आयो,’ प्रमुख शाक्यले भने, ‘यस्तो सुझावको सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाले बुद्ध जन्मिएको देशमा बुद्धको ज्ञान र सन्देशको प्रवर्धन गर्नुपर्छ भन्ने हेतूले सहयोग गर्दै आएको छ ।’

उनले अन्तराष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणका लागि महानगरपालिकाले गरेको आर्थिक सहयोग त्यहि अभियान अनुसार नै भएको स्मरण गराए ।

‘काठमाडौँ महानगरपालिकाले करीब ३ करोड ७८ लाख आर्थिक सहयोग गरेको छ,’ उनले भने, ‘महानगरपालिका र अन्य सहयोगबाट यहाँ स्तरीय हल बनेको देख्दा खुशी लागेको छ । हामीले यहाँ मात्रै होइन अन्य ठाउँमा पनि यस्ता बिहार निर्माणमा सहयोग गर्दै आएका छौँ । त्यो हाम्रो नीति भित्रै पर्छ ।’

गौतमुबद्धको जन्मथललो लुम्बिनीमा हामीले नेपाली मौलिकता झल्किने बज्रयान विहार निर्माणका लागि पनि महानगरपालिकाले लागानी गरेको र त्यो बिहारको राष्ट्रपतिले उद्घाटन गरेको स्मरण गराए।

‘काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा जाँदा मौलिकरुपमा बनिरहेको तर अपूरो विहार देखेपछि काठमाडौँ महानगले केही सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो, ‘उहाँले भन्नुभयो, ‘त्यहि अनुसार सहयोग गरेका थियौँ ।’ काठमाडौं महानगरपालिकाको करीब चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डल द्वार निर्माण भएको छ ।

धर्म नरसिंह शाक्य र चन्द्रादेवी शाक्यले प्रदान गरेको पन्ध्र आना दुई पैसामा करीब ७ करोड लगानीमा निर्माण उक्त भवनमा परियति शिक्षासँगै ध्यान शिविर सञ्चालन गरिने केन्द्रका अध्यक्ष प्रत्येकरत्न ताम्राकारले जानकारी दिए । २०४२ सालमा स्थापना भएको बौद्ध भावना केन्द्र करीब ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *