वडाअध्यक्ष कार्कीको शोकमा आज भेरीगंगा नगरपालिकामा सार्वजनिक विदा – Nepal Press

वडाअध्यक्ष कार्कीको शोकमा आज भेरीगंगा नगरपालिकामा सार्वजनिक विदा

सुर्खेत । मोटरसाईकल दुर्घटनामा मृत्यु भएका भेरिगंगा नगरपालिका- १ का वडाअध्यक्ष नवराज कार्कीको शोकमा आज भेरिगंगा नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

शनिबार एक विज्ञप्ती जारी गर्दै नगरपालिकाभर विदा दिने निर्णय गरेको हो । आज नगरपालिका, वडा कार्यालयसँगै नगरपालिका भित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक विदा दिईएको नगरपालिकाले जारी गरेको शोक वक्तव्यमा जनाइएको छ ।

वडा अध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंस्थित न्यूरो अस्पतालमा मृत्यु भएको थियो । नेकपा माओवादी केन्द्रबाट जननिर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर