रुपन्देहीको देवदहको खानेपानी निर्वाचनः सात दलीय गठबन्धन हराउँदै एमालेको प्यानल विजयी – Nepal Press

रुपन्देहीको देवदहको खानेपानी निर्वाचनः सात दलीय गठबन्धन हराउँदै एमालेको प्यानल विजयी

रुपन्देही । नेकपा एमालेविरुद्ध ७ दलीय गठबन्धन बनाएर निर्वाचन भएको रुपन्देहीको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा एमालेको प्यानल नै विजयी भएको छ ।

४ हजारभन्दा बढी उपभोक्ता रहेको यहाँको निर्वाचनमा देवदहमा रहेका ७ वटा राजनीतिक दलले संयुक्त गठबन्धन प्यानल बनाएको थियो भने नेकपा एमाले एक्लै निर्वाचनमा होमिएको थियो ।

निर्वाचनको परिणाम अनुसार अध्यक्षका उम्मेदवार गुमानसिंह कुँवरले १७ सय ८ मत ल्याएर विजयी भएका छन् । निर्वाचनमा अध्यक्षका प्रत्यासी मोतीलाल ढकालले १३ सय ६७ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा अनिसा पौडेलले १५ सय ९ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उपाध्यक्षका प्रत्यासी मिनादेवी रिमालले १३ सय ९८ मत प्राप्त गरे ।

सचिवका उम्मेदवार हरिप्रसाद पाण्डेले १५ सय ६१ मत ल्याएर विजयी भए भने, सचिवमा प्रत्यासी डिल्लीराज मरासिनीले १३ सय २४ मत प्राप्त गरे । त्यसैगरी कोषाध्यक्षका उम्मेदवार कृष्णप्रसाद ज्ञवालीले १६ सय २६ मत ल्याएर विजयी भए भने, अर्का प्रत्यासी थानेश्वर भट्टराईले १२ सय २७ मत प्राप्त गरे ।

सदस्यहरुको लागि भएको निर्वाचनमा देवदह–५, बाट चक्रपानी न्यौपाने र अनिता कुवर विजयी भएका छन् । न्यौपानेले ४ सय ८७ मत र कुँवरले ४ सय ४० मत ल्याएर निर्वाचित भएका छन् । सदस्य पदका प्रत्यासी श्रीप्रसाद उपाध्यायले ३ सय ४३ र शोभाकुमारी थापाले ४ सय १० मत प्राप्त गरे । यसैगरी देवदह–७,मा गौमति बुढाथोकी र उपेन्द्र पाण्डे विजयी भए ।

बुढाथोकीले ५ सय ५७ र पाण्डेले ५ सय ७३ मत ल्याएर विजयी भए । उनीहरुका प्रत्यासी दुर्गा कडेलले ५ सय ६ र गोविन्द खरेलले ४ सय २५ मत प्राप्त गरेकोे निर्वाचन मण्डलले जनाएको छ । यसैगरी देवदह–८, को सदस्यमा रिमबहादुर ढेंगा विजयी भएका छन् ।

ढेंगाले २ सय २९ मत ल्याएर विजयी भए भने, प्रत्यासी रोशन खरेलले १ सय ४८ मत प्राप्त गरे । देवदह–६, को सदस्यमा संयुक्त गठबन्धनका उम्मेदवार रुक्मागत भारती विजयी भएका छन् । भारतीले २ सय ३४ ल्याएर विजयी भए भने, एमालेका उम्मेदवार विष्णुप्रसाद न्यौपानेले १ सय ७५ मत प्राप्त गरे । देवदह–९, को सदस्यमा विष्णु भट्टराई विजयी भएका छन् । भट्टराईले ९३ मत ल्याएर विजयी भए भने, प्रत्यासी लत्ता चापागाईले ६९ मत ल्याए ।

देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा ४ सय ३८ मतमध्ये निर्वाचनमा ३ हजार १ सय १ मत खसेको थियो भने ४८ मत बदर भएको निर्वाचन मण्डलका संयोजक डासीराम पाण्डेले जानकारी दिएका छन् ।

एमाले नेता यम रानाले एमालेविरुद्ध गरिएको महागठबन्धनलाई हराउन साथ दिने सबै उपभोक्तालाई धन्यवाद दिँदै अब एमालेको विजययात्रा सुरु भएको बताए । पदका लागि गठबन्धन गर्नेहरुले समाजमा काम गरेर देखाउनसक्नुपर्ने देवदहले सबक सिकाएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर