बाँके कांग्रेस : नेतृत्वका लागि संस्थापनबाटै दुई जना – Nepal Press

बाँके कांग्रेस : नेतृत्वका लागि संस्थापनबाटै दुई जना

सभापतिका लागि ३ जना मैदानमा

रुपन्देही । नेपाली कांग्रेस बाँकेको नेतृत्वका संस्थापन समूहबाट दुई जना र इतर समूहबाट १ जना गरी तीन जनाबीचको भिडन्त हुने भएको छ । पटक पटक सर्दै आएको १४ औं जिल्ला अधिवेशन अन्तर्गत शुक्रबार बाँकेको सभापतिका लागि चार जनाले उम्मेदवारी दिएका थिए ।

इतर समूहबाट नारायणप्रसाद गौडेल र संस्थापन समूहबाट सुरेन्द्रबहादुर हमाल, बादशाह कुर्मी र सुनिलनरसिंह राणाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएकोमा राणाले शनिबार फिर्ता लिएका हुन् ।

सभापतिमा कोइराला समूहबाट नारायणप्रसाद गौडेलले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् २ जना भने संस्थापन समूहका उम्मेदवार हुन् ।

लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्र हमाल, तत्कालीन सभासद् बादशाह कुर्मी र पार्टी उपसभापति सुनिलनरसिंह राणा संस्थापन पक्षका हुन् ।

सभापतिबाहेक अन्य पदाधिकारी र सदस्यमा दुवै प्यानलमा विवाद देखिँदैन । उपसभापतिमा गोपालप्रसाद अधिकारी, राजकुमार मौर्य, सुदीपनरसिंह राणा र कृष्णा कार्कीले उम्मेदवारी दर्ता गरेका छन् ।

सचिवमा सुधांशु कोइराला, टंकप्रसाद कार्की (आशिष), रवीन्द्र हमाल र सञ्जुकुमारी चौधरीले उम्मेदवारी दिएका छन् । यस्तै सहसचिवमा रेणुसिंह ठाकुर, विश्वराज लम्साल, पूर्णकुमार सिंह ठकुरी (पुरन) र विनोद थारूले उम्मेदवारी दर्ता गरेका छन् ।

१९ गते मतदान हुने निर्वाचन मण्डलले जनाएको छ । जिल्ला समन्वय समिति बाँकेमै यही फागुन १९ गते बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।

यसअघि फागुन १५ गते तोकेर पनि स्थगित भएको मतदान कार्यक्रम भने फागुन १९ गते सम्पन्न गरिने जिल्ला निर्वाचन परिचालन समितिका सदस्य अर्जुन ओलीले जानकारी दिएका छन् ।

संस्थापन समूहबाट उम्मेदारी दिएका नेता हमाल बलियो मानिएपनि आफ्नै समूहबाट सहयोग नपाएकाले पहिलो चरणमा नतिजा निस्कन नसक्ने र इतर समूहलाई बलियो बनाएको स्थानीय नेताहरुको आंकलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर