बालकोट वार्ता निष्कर्षविहीन, संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाउन एमालेको आग्रह – Nepal Press

बालकोट वार्ता निष्कर्षविहीन, संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाउन एमालेको आग्रह

काठमाडौं । सत्ता गठबन्धनबाटै एमसीसी अनुमोदन गर्न माओवादी अध्यक्ष प्रचण्डले दौडधूप बढाएपछि प्रमुख विपक्षी नेकपा एमाले र सत्तारुढ नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दुवै पार्टीका दोस्रो तहका नेता छलफलमा थिए ।

प्रतिनिधिसभालाई सुचारु गरेर एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गर्ने आफूहरुको प्रस्ताव एमालेले स्वीकार नगरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

एमालेले कांग्रेससँग संसदमा आफूहरु उपस्थित भएर छलफलमा भाग लिने वातावरण बनाउने दायित्व सरकारको र सत्ता गठबन्धनको भएको जवाफ दिएको छ ।

वार्तामा सहभागी एमाले महासचिव शंकर पोखरेलले भने एमसीसीका बारेमा गठबन्धनको राय प्रष्ट हुनुपर्ने बताए । जबसम्म सरकारले र सत्ता गठबन्धनको धारणा आउँदैन तबसम्म प्रतिपक्षको धारणाको अर्थ नहुने पोखरेलले बताए ।


प्रतिक्रिया

One thought on “बालकोट वार्ता निष्कर्षविहीन, संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाउन एमालेको आग्रह

  1. २०% काे चाेरबाटाेबाट एमाले फुटाएर दल बनाईदिने । चाहेजति मन्त्री र प्रदेशकाे सत्ता माओवादी र समाजवादीलाई दिने अनि सरकारी विधेयक एमसिसि चाहिँ एमालेले पास गरिदिएन भन्न अलिकति लाज लाग्दैन ? तर मारिरहेकाहरू पदमा बसेर विरूद्वमा भाेट हाल्छु भन्दा केही नगर्ने अनि राेईलाे चाहिँ एमाले विरूद्व ? अरू केही हाेईन एमालेसँग मिल्न आट्याैं भनेर माओवादी र एसलाई तर्साउन काँग्रेसीहरूकाे चाकडी हाे । एमालेले दुवै पक्षका कुरालाई लात हानेर आफ्नाे माग पूरा गर भन्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर