युक्रेनी राष्ट्रपतिको भिडिओ सन्देश- हामी आत्मसमर्पण गर्दैनौं, देश छाडेर भाग्दिन – Nepal Press

युक्रेनी राष्ट्रपतिको भिडिओ सन्देश- हामी आत्मसमर्पण गर्दैनौं, देश छाडेर भाग्दिन

वासीङटन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देश छोड्न अस्विकार गरेका छन् । उनले राजधानी कीएभबाट आफैँले खिचेको भिडिओ सार्वजनिक गर्दै सो बताएका हुन् ।

जेलेन्स्कीले भिडिओमा बोल्दै अफवाहमा ध्यान नदिन नागरिकहरूलाई अपिल गरेका छन्। उनले आफु युक्रेन छोडेर कतै नजाने र आफ्नो सेनालाई पनि आत्मसमर्पण नगर्न आदेश दिएका छन् ।

यसअघि पनि जेलेन्स्कीले राजधानी किएभबाट भिडिओ सन्देशमार्फत कीएभमै बस्ने भनेका थिए । उनले युक्रेनी नेतृत्व र संसद कीएभमा रहने घोषणा गरेका छन् ।अर्कोतर्फ भने युक्रेनको राजधानी किएभमा रुसको आक्रमण रोकिएको छैन ।

अहिलेसम्म हजारौंको ज्यान गइसकेको छ भने ठूलो संख्यामा मानिसहरु भूमिगत भएर आश्रयमा डराएर बसिरहेका छन् ।

यसैबीच युक्रेनका राष्ट्रपति युद्ध छाडेर देश छाडेर भागेको खबर आएकोले जेलेन्स्कीले भिडिओ सार्वजनिक गर्दै यस्तो समाचारको पछि नलाग्न आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर