प्रचण्ड-माधवहरुले मुलुकमा राजनीतिक अस्थिरता ल्याए : एमाले उपाध्यक्ष बादल – Nepal Press

प्रचण्ड-माधवहरुले मुलुकमा राजनीतिक अस्थिरता ल्याए : एमाले उपाध्यक्ष बादल

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टी भित्रकै गद्दारहरुका कारण मुलुक अस्थिरतातर्फ गएको बताएका छन् ।

सुर्खेतमा आयोजित एमालेको निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै बादलले प्रचण्ड-माधवहरुले मुलुकमा राजनीतिक अस्थिरता ल्याएको आरोप लगाए ।

राष्ट्रियसभा निर्वाचनमा भित्रबाट नै घात भएको उल्लेख गर्दै थापाले अन्तरघातका कारण जित्ने अवस्थामा रहेको निर्वाचनमा पनि पराजय बेहोर्नुपरेको बताए ।

उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनमा पार्टी भित्रैकाले घात गरे । अन्र्तघात गरे ।चुनाव जित्ने अवस्थामा पनि पार्टीले हा¥यो । सुदुरपश्चिमका कुरा गरौं, अन्य प्रदेशका कुरा गरौं ।’

दुईतिहाइको सरकार अल्पमतमा पर्नुको कारणबारे स्पष्ट पार्दै उनले भने, ‘सरकार किन ढल्यो ? दुइ तिहाईको सरकार अल्पमतमा गयो । केहि दललाहरु, केहि गद्दारहरुका कारण पार्टी अल्पमतमा गयो । ती गद्दारहरु कांग्रेससित मिले । र मुलुकमा राजनीतिक अस्थिरता आयो ।’

देश अहिले अस्थिर अवस्थामा रहेको उल्लेख गर्दै उनले भने, ‘अहिले पुरै देश अस्थिरतमा छ । न्यायपालिकामा महाभियोग ल्याउनु के हो ? अहिलेसम्म सदन चल्न सकिराखेको छैन के हो ? सरकारले आफ्नो काम उल्टो दिशातिर गरिराखेको छ । अहिले सदनमा एमसिसिका बारेमा भयंकर परिराछ, एमसिसिको सैद्धान्तिक छलफलको प्रस्ताव गर्ने अर्थमन्त्री झोलुंगे पुलमा बसेर मनोरञ्जन गरिराछन् ।’

उनले मुलुकमा नयाँ ध्रुवीकरण हुने सम्भावना बढेर गएको पनि । समाजवादको अभियान, स्वाधीनताको आन्दोलन र समृद्धिको यात्रालाइ रोक्न नेकपा विभाजन गरिएको उल्लेख गर्दै अब नयाँ ध्रुविकरणको सम्भावना बढेर गएको बताए ।

उनले सदन अवरुद्ध गर्नुको कारण बताउँदै त्यसको प्रमुख कारण सभामुख नै भएको बताए । अवैधानिक रुपमा विधि विधान विपरित संसद सञ्चालन भइरहेको अवस्थामा अवरुद्ध भइरहेको उनले बताए ।

पार्टीले निष्काशन गरेका सांसदहरुको विषय लोकतन्त्रसँग जोडिएको उल्लेख गर्दै उपाध्यक्ष बादलले उनीहरुलाई कारवानी नभएसम्म संसदको अवरोध कायमै रहने बताए ।

सरकार लथालिङ्ग हुँदा देशमा भ्रष्टाचार व्यापक रहेको बादलको भनाई छ । उनले भने, ‘देश संकटको अवस्थामा गएको छ । यो संकट कुनै न कुनै रुपमा बिस्फोट हुने देखिएको छ । गठबन्धनले देशहलाइ भयावह संकट तिर धकेलिरहेको छ । यो संकटबाट मुक्ति दिलाउन देशमा एमालेको नेतृत्व स्थापित हुन जरुरी छ ।’

उनले एमाले नेतृत्वमा सरकार निर्माण हुने गरी निर्वाचनको तयारीमा खट्न सबैलाई निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर