एनआरटी ए डिभिजन लिगमा तेस्रो – Nepal Press

एनआरटी ए डिभिजन लिगमा तेस्रो

काठमाडौं । मेसुके ओल्मोउको ह्याट्रिक प्रेरित नेपाल पुलिस क्लबलाई ३–१ गालको नतिजामा पराजित गर्दै न्युरोड टिम (एनआरटी) ले तेस्रो स्थानमा रहँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको यो सिजन सकाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीलाई जित दिलाउन मेसुकेले ह्याट्रिक गरे ।

एनआरटीकै आत्माघाती गोल उपहारमा पुलिसले खेलको १२औं मिनेटमा अग्रता लिएको थियो । एनआरटीका गोलकिपर अजित प्रजापति बिट भईसकेको अवस्थामा पुुलिसका रवि पास्वानले गरेको प्रहार क्लियर गर्ने क्रममा एनआरटीका सिव गुरुङले आफ्नै पोष्टमा गोल गरेका थिए ।

पहिलो हाफमा अग्रता बनाएपनि पुलिसले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्न सकेन । एनआरटीको मेसुकेले खेलको ४७, ६२ र ८३औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए ।

जितसँगै एनआरटी लिगमा ६ जित, ६ बराबरी र दुई हासँगै २३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानको अर्मीसँग बराबरी अंक भएपनि हेड टु हेडका आधारमा एनआरटी तेस्रो भएको हो ।

पुलिसले २ जित, ६ बराबरी र ४ हारसहित १२ अंक जोडेर ११औं स्थानमा रहेर लिग सकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर