रुसविरुद्ध पचास देशले संयुक्त विज्ञप्ती जारी गरे, भने- रुसले राष्ट्रसंघमा शक्तिको दुरपयोग गर्‍यो – Nepal Press

रुसविरुद्ध पचास देशले संयुक्त विज्ञप्ती जारी गरे, भने- रुसले राष्ट्रसंघमा शक्तिको दुरपयोग गर्‍यो

न्युयोर्क । संयुक्त राष्ट्रसंघका १९३ सदस्यमध्ये ५० राष्ट्रले संयुक्त विज्ञप्ती जारी गरी रुसमाथि शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

शुक्रबार राष्ट्रसंघको सुरक्षा परिषद‌्मा  रुसले भिटो प्रयोग गरी शक्तिको दुरुपयोग गरेको आरोप अमेरिका लगायतका ५० राष्ट्रले लगाएका हुन् ।

शुक्रबार राति पश्चिमी देशले सुरक्षा परिषद्मा युक्रेनमाथि रुसले गरेको आक्रमणविरुद्ध निन्दा प्रस्ताव लगेका थिए ।

प्रस्तावको पक्षमा ११ देशले मतदान गरेका थिए भने चीन, भारत र युनाइटेड अरब इमिरेट्स (युएई) तटस्थ बसेका थिए । त्यसपछि रुसले उक्त प्रस्तावमाथि भिटो प्रयोग गरेको थियो ।

राष्ट्रसंघका ५ स्थायी सदस्य रुस, अमेरिका, चीन, फ्रान्स र बेलायतलाई भिटो प्रयोग गर्न पाउने अधिकार रहेको छ । रुसले भिटो प्रयोग गरेपछि अब उक्त निन्दा प्रस्ताव अघि बढ्ने छैन ।

रुसले भिटो प्रयोग गरेपछि ५० देशले संयुक्त विज्ञप्ति जारी गरी रुसले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका हुन् । विज्ञप्ती राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले पढेर सुनाएकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर