युक्रेनी सेनालाई पुटिनको आग्रहः सत्ता हातमा लिनुस् अनि वार्ता गरौं – Nepal Press

युक्रेनी सेनालाई पुटिनको आग्रहः सत्ता हातमा लिनुस् अनि वार्ता गरौं

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिकलाई युक्रेनको सत्ता हातमा लिन आग्रह गरेका छन् । शुक्रबार पुटिनले रुसको सुरक्षा परिषदको बैठकबाट यस्तो आग्रह गरेको रुसको सरकारी मिडिया आरटीले जानकारी दिएको छ ।

युक्रेनको राजधानी केइभमा नजिकै पुगिसकेको रुसी फौजतर्फ संकेत गर्दै पुटिनले युक्रेनी सैनिकलाई आग्रह गर्दै भनेका छन, ‘सत्ता हातमा लिनुस् । केही लागुऔषध अम्बली र नवनाजीहरु भन्दा तपाईसँग समन्वय हुन सजिलो हुन्छ ।’

शुक्रबार युक्रेनले रुससँग वार्ताको आग्रह गरेपछि पुटिनको यस्तो कुरा आएको हो । वार्ता नकारिनसकेको रुसले वार्ताको क्षेत्र बेलारुसको मिन्क्समा हुनुपर्ने प्रस्ताव गरेको थियो भने युक्रेनले भने पोल्यान्डको वार्तामा हुनुपर्ने प्रस्ताव राखेको थियो । रुसले युक्रेनको प्रस्ताव अस्विकार गरेको थियो । वार्तामा रुसले युक्रेन तटस्थ देश हुनुपर्ने र सैन्यकरण अन्त्य हुनुपनर्पे जस्ता कडा सर्तहरु तेसाएको छ ।

युक्रेनमा सैनिक सत्ता वा आफ्नो सत्ता पुिटनले चाहेको जानकारी बेलायती खुफिया एजेन्सीले गत माघ ९ गते नै सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर