लोक सेवा आयोगद्वारा प्रशासनतर्फ १० सहसचिवको नाम सिफारिस (सूचीसहित) – Nepal Press

लोक सेवा आयोगद्वारा प्रशासनतर्फ १० सहसचिवको नाम सिफारिस (सूचीसहित)

४० प्रतिशत महिला सिफारिस

काठमाडौं । लोक सेवा आयोगले १० जना सहसचिवलाई नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगले शुक्रवार साँझ नेपाल प्रशासन सेवा राजपत्राङ्कित प्रथम श्रेणी अर्थात सहसचिवमा उत्तीर्ण ती सहसचिवलाई बढुवा नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको हो ।

आयोगको आन्तरिक प्रतिस्पर्धाबाट १० जना माग भएकोमा अन्तर्वार्ताको लागि छनौट भएका १४ जना उम्मेदवारमध्ये अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतबाट उत्तीर्ण सहसचिवलाई एकमुष्ट योग्यताक्रमसहित सिफारिस भएका छन् ।

पहिलो पटक ४० प्रतिशत महिला सिफारिस
लोक सेवा आयोगले लिएको परिक्षामा सम्भवत पहिलो पटक ४० प्रतिशत महिला सिफारिस भएका छन् । जसमा दोस्रो नम्बरमा नै पार्वती शर्मा, पाँचौ नम्बरमा रेखा कंडेल, सातौ नम्बरमा संगिता ओझा र १० औ तथा अन्तिम नम्बरमा सुशिला आर्याल सिफारिस भएका छन् ।

सूची यस्तो छः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *