नक्कली नोटसहित तीन भारतीय पक्राउ – Nepal Press

नक्कली नोटसहित तीन भारतीय पक्राउ

काठमाडौं । भारतीय नक्कली रुपैयाँसहित प्रहरीले तीन भारतीय नागरिकलाई विराटनगरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पूर्णियाथाना ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनीको सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुम रहेका छन् ।

विराटनगर(१३ स्थित नहरचोकबाट सिआरभी जतुवाको टोलीले नियमित जाँचका क्रममा टेम्पोमा सवार उनीहरू प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट विराटनगरतर्फ आइरहेका तीनै जनालाई ४८ वटा १ सय रुपैयाँको भारतीय नक्कली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी डिएसपी मञ्जिल मुकारुङले बताए ।

उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर