८ हजार नमुना परीक्षण गर्दा २७५ जनामा कोरोना संक्रमण पुष्टि – Nepal Press

८ हजार नमुना परीक्षण गर्दा २७५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा शुक्रबार देशभर थप २७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा एक जनाको मृत्यु भएको छ भने ५५५ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो।

हाल देशभर ९ हजार २८० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर