बालुवाटारमा कांग्रेस नेताहरूको छलफल चलिरहँदा अर्थमन्त्रीसहित प्रचण्डको इण्ट्री – Nepal Press

बालुवाटारमा कांग्रेस नेताहरूको छलफल चलिरहँदा अर्थमन्त्रीसहित प्रचण्डको इण्ट्री

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आन्तरिक छलफलमा रहेकै बेला प्रचण्ड बालुवाटार पुगेका हुन् ।

बालुवाटार जानुअघि प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेका थिए ।

प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरूसँग गठबन्धन जोगिने गरी एमसीसीबारे मध्यमार्गी उपाय खोज्न प्रचण्ड बालुवाटार पुगेको बताइन्छ । प्रचण्डसँगै अर्थमन्त्री जनार्दश शर्मा पनि बालुवाटार पुगेका छन् ।


प्रतिक्रिया

One thought on “बालुवाटारमा कांग्रेस नेताहरूको छलफल चलिरहँदा अर्थमन्त्रीसहित प्रचण्डको इण्ट्री

  1. माओवादी र माधवका पार्टीका सांसदले एमसिसिकाे डकुमेण्ट पढेर, बुझेर ,त्यसमा राष्ट्र हित विरूद्व प्रावधानहरू रहेकाे थाहा पाएर देश र जनताकाे हितकाे लागि विराेध गरेका हुन र ? याे त नक्कली र ढाेंगी क्रान्तिकारी देखिन जनताकाे अगाडि कराउने, दुतावासका पैसा खाने यिनै हुन् । यस्ता दलालहरू कै कारण देश बर्वाद भैरहेकाे छ । यिनका पनि मन्त्रीहरू पास गर्नुपर्छ भन्दैछन् । एमसिसिका कारण पद जाला र कमिशन खान नपाईएला भन्ने ठूला डर छ यिनलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर