एमसीसी पास भएपछि पनि एमालेसँग गठबन्धन हुनसक्छ : शशांक (भिडिओ) – Nepal Press

एमसीसी पास भएपछि पनि एमालेसँग गठबन्धन हुनसक्छ : शशांक (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले एमसीसी संसदबाट पास भएपछि सरकार रहने/नरहने कुरामा आशंका व्यक्त गरे का छन् ।

उनले एमसीसी संसदबाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने बताए ।

कोईरालाले एमसीसी नेपालको हीतमा भएकोले नेपालले पास गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवा गठबन्धन जोगाउन र एमसीसी पास गर्न अन्तिमसम्म लागि परिरहेको बताए ।

उनले भने, ‘एमसीसी पास हुन्छ । पास भइसकेपछि यो सरकार जान पनि सक्छ नजान पनि सक्छ । यही गठबन्धन चलिरहन सक्छ अथवा एमालेसँग मिलेर पनि गठबन्धन हुनसक्ने सम्भावना छ ।’

त्यस्तै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद मातृका यादवले आकस्मिक बैठक स्थगित हुनु र अवरोध भइरहनु संसारमै नौलो भएको बताए । उनले प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी पास गर्ने पक्षमा रहेको र देश दलालहरुको भएको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर