चारवटा निर्णय गर्दै प्रदेश १ मन्त्रिपरिषद् बैठक सम्पन्न – Nepal Press

चारवटा निर्णय गर्दै प्रदेश १ मन्त्रिपरिषद् बैठक सम्पन्न

विराटनगर । प्रदेश १ मन्त्रिपरिषद्को आजको बैठकले विभिन्न चार निर्णय गरेको छ ।

स्वास्थ्यमन्त्री जयराम यादवका अनुसार बैठकले प्रदेश मन्त्रालय र यसअन्तर्गतका निकायहरूको संगठन संरचना एवं दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

वडाको संख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहको प्रस्ताव स्वीकृत गरी संघ सरकारमा सिफारिस गर्ने, प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान नियमावली- २०७८ स्वीकृत गरिएको छ ।

बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री यादवले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर