पीके फिल्मको उदाहरण दिँदै वामदेवको ठट्ठा- एमसीसीमा सबै दल नांगै – Nepal Press

पीके फिल्मको उदाहरण दिँदै वामदेवको ठट्ठा- एमसीसीमा सबै दल नांगै

कामाडौं । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष राष्ट्रियसभा सदस्य वामदेव गौतमले अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर सबै दल नांगो भएको बताएका छन् । राजनीतिक ठट्ठा भन्दै आफू निकटहरुलाई वामदेवले म्यासेज पठाउँदै सबै दलले एमसीसी पास गर्न लागि परेको टिप्पणी गरेका हुन् ।

चर्चित भारतीय पीके फिल्मको चर्चा गर्दै गौतमले भनेका छन्, ‘अन्ततः एमसीसीलाई कांग्रेसको नेतृत्वमा एमाले, माओवादी, एसमाजवादी, जसपा र लोसपाले पिके नामको भारतीय फिल्मका चर्चित अभिनेता अमिर खानले आफ्नो नांगो शरीरको भन्न नहुने अंग रेडियोको खोलले ढाकेजस्तै भूमिका निर्वाह गर्दै संसदबाट अनुमोदन गर्ने नै भए । धन्यवाद यहाँहरूको अभूतपूर्व भूमिकाका लागि । संसार बुझिनसक्नु भगवान् ।’

गौतमले यसअघि पनि एक विज्ञप्ति निकाल्दै एमसीसीमा हस्ताक्षर गर्नेलाई जनताले कारबाही गर्ने चेतावनी दिएका थिए । एमसीसी फिर्ता लैजान उनले अमेरिकासँग आग्रह गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर