झलनाथको चेतावनी- प्रधानमन्त्री जसरी पनि एमसीसी पास गर्नेतर्फ लागे देश दुर्घटनातिर जान्छ (भिडिओ) – Nepal Press

झलनाथको चेतावनी- प्रधानमन्त्री जसरी पनि एमसीसी पास गर्नेतर्फ लागे देश दुर्घटनातिर जान्छ (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिएका छन् ।

नेकपा एमालेसँग सहमति गरेर एमसीसी पास गरे मुलुकमा शान्ति कायम हुन्छ भन्ने सपना देख्नु कांग्रेसको दिवा सपना मात्र भएको जिकिर गरे ।

नेता खनालले एमसीसीका कारण अहिले समाज, राष्ट्र, राजनीतिक पार्टी र संसद विभाजित बनिरहेको उल्लेख गर्दै यस्तो बेलामा नेपाल एकतावद्ध हुनुपर्ने बताए ।

उनले एमसीसीको बारेमा अझै देशभित्र राष्ट्रिय सहमति खोजेर बाँकी सम्भावनाहरुलाई उजागर गर्न आवश्यक रहेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर