सरकारका प्रवक्ता भन्छन्ः भोली संसदमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु हुन्छ, मतविभाजन हुँदैन – Nepal Press

सरकारका प्रवक्ता भन्छन्ः भोली संसदमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु हुन्छ, मतविभाजन हुँदैन

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोली संसदमा एमसीसीबारे सैद्धान्तिक छलफल हुने बताएका छन् । आज बालुवाटारमा बसेको कांग्रेस र एमालेबीचको वार्तापछि उनले सो जानकारी दिएका हुन् ।

बैठकबाट निस्केर पत्रकारसँग कुरा गर्दै कार्कीले ४८ सालदेखिको संसदीय अभ्यासमा सरकारले ल्याएको प्रस्तावलाई सैद्धान्तिक छलफलमा मत विभाजन गरेर लैजाने परम्परा नरहेको बताए ।

उनले भने, ‘सरकारको प्रस्तावलाई यसरी मत विभाजन गर्न थाल्यौं भने भोली कुनै पनि सरकारको प्रस्तावमा छलफल नहुने परिस्थिति आउने छ । किनभने बहुमत नभइकन सरकार बन्दैन । बहुमतप्राप्त सरकारले ल्याएको प्रस्तावमा छलफल नभए त्यो संसदको के काम ? प्रतिनिधिसभाको के काम ? त्यसैले भोलीको वैठकमा सैद्धान्तिक छलफल प्रारम्भ हुनेछ ।’

उनले गहन र सार्थक छलफलबाट एमसीसीलाई निस्कर्षमा पुर्याउने विषयमा छलफल भएको बताए । वैठकमा नयाँ समिकरणबारे कुराकानी नभएको उनको दावी छ । गठवन्धन कायम रहेकाले सरकारले ल्याएको प्रस्ताव गठवन्धनकै प्रस्ताव हुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर